
काठमाडौं, असार २ । पछिल्ला दिन निरन्तर ‘वियरिस ट्रेन्ड’मा रहँदै आएको सेयरबजार सोमबार सोमबार सामान्य सकारात्मक रह्यो । नेप्से हरियो रह्यो भने कारोबार खुम्चियो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से २ अंक बढीले सकारात्मक रहेर १२ सय ६० कायम भयो ।
जीवनबिमा, लघुवित्त र विकास बैंक समूहबाहेक अरु समूह हरियो रहेसँगै नेप्से पनि धनात्मक रहन पुगेको हो ।
निर्जीवन बिमा, विकास बैंक र होटल समूह दोहोरो अंकले उकालो लागे भने अरु समूह सामान्य अंकले हरियो रहेका हुन् ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १७३ कम्पनीका १३ लाख ७३ हजार कित्ता सेयर जम्मा ४० करोड ३५ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्