Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


राजस्व अनुसन्धान विभागद्वारा ढुवानी साधनहरुको ‘ट्रयाकिङ’ सुरु


0
Shares

काठमाडौं, असार २ । राजस्व अनुसन्धान विभागले मालवस्तु ढुवानी गर्दा केन्द्रीय सूचना प्रणालीमा अनिवार्य ‘इन्ट्री’ गर्नुपर्ने व्यवस्था लागू गरेको छ ।

विभागले मालवस्तु ढुवानी साधानहरुले मालसामन ओसार–पसार गर्नुपूर्व ढुवानी कम्पनी, व्यवसायी वा आयातकर्ताले मालसामानको विवरण केन्द्रीय सूचना प्रणालीमा अनिवार्य इन्ट्री गर्नुपर्ने व्यवस्था लागू गरेको हो ।

विभागले सोमबार पत्रकार सम्मेलन गरी वेबमा आधारित प्रणाली प्रयोगमा ल्याएको जनाएको हो ।

असारदेखि आंशिकरुपमा लागू भएको यो व्यवस्था आगामी साउन १ गतेदेखि अनिवार्य प्रयोगमा आउनेछ ।

यो व्यवस्था चुहावट नियन्त्रणमा उपयोगी हुने विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।

‘ट्रयाकिङ’ प्रणाली पूर्णरुपमा कार्यान्वयनमा आएपछि विभागका चेकपोस्ट नरहने तर आवश्यकताअनुसार जहाँपनि र जहिलेपनि अनुगमन हुने उनले बताए ।

सम्पूर्ण विवरण अनलाइनबाटै थाहा हुने र यसले प्राप्त सूचनाका आधारमा कारबाही प्रक्रिया अघि बढाउन र कुन सामान बोकेको गाडी कहाँ–कुन अवस्थामा छ भन्ने जानकारी दिन मद्दत गर्ने विभागले जनाएको छ ।

पोर्टलमा उद्गम विन्दुबाट मालसामान बोकेर मालवाहक गाडी प्रस्थान गर्नुअघि सम्पूर्ण विवरण वेबसाइटमा तोकिएको ढाँचामा प्रविष्ट गर्नुपर्नेछ ।

सामान बोकेको गाडी गन्तव्यमा पुगेपछि यसबारे व्यवसायी आफैंले वेबसाइट वा एपमार्फत् घोषणा गर्नसक्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ । यसबाट व्यावसायिक लागतसमेत कम पर्न जाने विभागको दाबी छ ।

यसैबीच, विभागले २०७६ जेठ मसान्तसम्म राजश्व चुहावटसम्बन्धी ८१ कसुरमा २३८ व्यक्तिविरुद्ध १८ अर्ब ३२ करोड रुपैयाँ मागदाबीसहित मुद्दा दर्ता गराएको जनाएको छ ।

यस्तै, विदेशी मिनिमय अपचलन तथा अवैध हुन्डी कारोबारमा ६४ ओटा मुद्दामा १०४ जनाविरुद्ध ५ अर्ब ११ करोड बिगोसहित मुद्दा दायर गरेको जनाएको छ ।