
काठमाडौं, असार २ । तारागाउँ रिजेन्सी होटल्सअन्तर्गत् काठमाडौंको बौद्धमा सन्चालित पाँचतारे होटल मजदुर हडतालका कारण अनिश्चितकाकालका लागि बन्द गरिएको छ ।
गएको जेठ ३० गतेदेखि मजदुर युनियनले गरेको हडतालका कारण होटल बन्द गर्नुपरेको जानकारी होटल व्यवस्थापनले दिएको हो ।
गैरकानुनी हडताल र नारा–जुलुसका कारण होटलका सम्पूर्ण सेवा र प्रशासनिक काम कारबाहीसमेत प्रभावित हुँदा होटल बन्द गर्नुपरेको दाबी व्यवस्थापनले गरेको छ ।
मजदुर युनियनले राखेका माग पूरा गर्ने अवस्थामा नरहेको भन्दै होटल व्यवस्थापनले होटल बुकिङसमेत बन्द गरिएको पनि जनाएको छ ।
होटलमा बस्दै आएका पाहुनाहरुलाई आइतबार नै याक एन्ड यतिमा सारिएको बुझिएको छ ।
होटलमा कार्यरत् एकदेखि चार तहसम्मका कामदार हडतालमा उत्रिएका छन् ।
व्यवस्थापनले होटल अनिश्चितकालका लागि बन्द गरेको सूचना नेपाल स्टक एक्सचेन्जलाई पनि गराएको छ ।
नेप्सेले भने मंगलबार आवश्यक परामर्श गरेरमात्रै तारागाउँ रिजेन्सी होटलको सेयर कारोबार रोक्ने/नरोक्ने विषयमा निर्णय लिइने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्