Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


मोदीले विपक्षीलाई भने– संसदमा संख्या घट्यो भनेर चिन्ता नगर्नुस्


0
Shares

नयाँ दिल्ली, असार २ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी दललाई संसदमा संख्या घट्यो भनेर चिन्ता नगर्न आग्रह गरेका छन् । विपक्षी दल सानो भयो, कमजोर भए भनेर सरकार स्वेच्छाचारी नहुने जिकिर गर्दै उनले विपक्षीलाई पनि देश विकासमा सामर्थ्वान हुन आह्वान गरेका हुन् ।

‘लोकतन्त्रमा विपक्ष हुनु, सक्रिय र सामर्थ्यवान हुनु अनिवार्य शर्त हो, म आशा गर्दछु कि विपक्षी साथीहरु संसदमा आफ्नो संख्या कम भयो भन्ने चिन्ता छाड्नुहुन्छ,’ संसदको पहिलो बैठकअघि सोमबार पत्रकारहरुसँग कुरा गर्दै मोदीले भने, ‘हाम्रोलागि उहाँहरुका हरेक शब्द मूल्यवान हुन्छन्, हरेक भावना मूल्यवान हुन्छन् ।’

उनले चर्चाका लागि मात्र नभई तथ्यमा आधारित रहेर संसदमा कुनै विपक्षीले बहस गर्दा सरकारलाई पनि फाइदा पुग्ने बताए । ‘सदनमा कसैले तर्कसंगत बहस गरेर सरकारको आलोचना गर्दा हामीलाई बल प्राप्त हुन्छ,’ उनले भने, ‘यो भावनालाई पूरा गर्न मिडियाले पनि सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षा गरेको छु ।’

उनले दशकौंपछि जनताले एउटा सरकारलाई दोस्रो पटक पूर्ण बहुमत, त्यसमा पनि पहिलाको तुलनामा अधिक सिट दिएर जिताएको चर्चासमेत गरे । (एजेन्सी)