 
	    काठमाडौं । आज कुसे औंसी, अर्थात बाबुको मुख हेर्ने दिन । सनातन हिन्दु धर्मावलम्बीहरुले भाद्र कृष्ण औंसीका दिन आज घरघरमा कुश भित्र्याउँदैछ ।
वर्ष दिनभरी गरिने धार्मिक अनुष्ठान तथा कार्यहरुमा प्रयोग हुने कुशलाई सधैं पवित्र वनस्पति मानिन्छ । आजको दिन पुरोहितहरुले यजमानका कुश लगिदिने चलन छ ।
आजै पितालाई सम्मान गरि उपहार तथा मिष्ठान्न भोजन खुवाउने गरिन्छ । उता, काठमाडौंको गोकर्णेश्वरमा हरेक वर्ष कुशे औंसीका दिन लाग्दै आएको मेला यसपटक नहुने भएको छ ।
कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेकोले आज मेला स्थगित गरिएको गोकर्णेश्वर नगरपालिकाले जनाएको छ ।
मन्दिर क्षेत्रमा सर्वसाधारणको भिडभाड रोक्न आज बिहानैदेखि उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्