
मोगादिसु, असार १ । सोमालियामा प्रहरी चढेको गाडीलाई लक्षित गरी गराइएको विस्फोटमा परी आठ प्रहरीको मृत्यु भएको छ ।
सोमालियाको वाजिर काउन्टीमा सीमा गस्तीमा रहेको प्रहरीको गाडीलाई लक्षित गरी बिस्फोट गराइएको हो । गाडीमा ११ जना प्रहरी सवार रहेकोमा तीन जना भने सख्त घाइते भएका छन् ।
घटनाको जिम्मेवारी कसैले लिएको छैन । यद्यपि, सरकारले भने सोमालियाको आतंकवादी समूह अल सबावले बिस्फोट गराएको हुन सक्ने आशंका गरेको छ ।
अल कायदासँग सम्बन्धित सो समूहले सोमालियामा विगत केही वर्षदेखि सरकारविरुद्ध आतंककारी हमला गर्दै आएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्