४ असार २०८२, बुधबार | Wed Jun 18 2025


सिन्धुपाल्चोक पहिरोः २२ जनाको शव फेला, १७ अझै वेपत्ता


0
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गत शुक्रबार पहिरोमा पुरिएका २२ जनाको शव फेला परेको छ ।

पहिरोमा ३९ जना बेपत्ता भएकामध्ये हिजोसम्म १९ जना र आज थपतीन जना गरी २२ जनाको शव फेला परेको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता डिएसपी माधव काफ्लेले जानकारी दिनुभयो ।

आज २२ वर्षीय छविलाल दोङ्गं, ६ वर्षीय सुमन दोङ्ग र १० वर्षीय सुरज दोङ्गको शव फेला परेको काफ्लेले बताउनुभयो ।

अझै वेपत्ता १७ जनाको नेपाली सेना, प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् । शुक्रबार गएको पहिरोमा ३७ घर पूर्णरुपमा क्षति भएको छ ।