-डम्मर बुढा मगर/ईमेज
बाग्लुङ्ग । निरन्तर वर्षाको कारण निसीखोला गाउँपालिका वडा नम्बर ५ कारी गाउँमा पहिरोले घर पुरिँदा दुई बालकको मृत्यु भएको छ ।
शुक्रबार राति घर माथिदेखि झरेको पहिरोले स्थानीय हिराबहादुर विकको एक छोरा र एक नातीको मृत्यु भएको वडा नम्बर ४ का अध्यक्ष टिकानिधि पौडेले जानकारी दिनुभयो ।
पहिरोले विकको १३ वर्षीय छोरा विदेन्द्र विक र ६ वर्षीय नाती प्रवेश विकको पुरिएर मृत्यु भएको अध्यक्ष पौडेलको भनाई छ ।
रातको समयमा पहिरो झर्दा दुई बालक पुरिएको बताइएको छ । स्थानीय, प्रहरीको सक्रियतामा उद्धार कार्य जारी रहेको छ ।









प्रतिक्रिया दिनुहोस्