२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


क्राइस्टचर्च हमलाका मुख्य अभियुक्तद्वारा आरोप अस्वीकार


0
Shares

न्यूजिल्याण्ड, जेठ ३१ । न्यूजिल्याण्डको क्राइस्टचर्चमा गत मार्चमा दुई मस्जिदमा भएको आक्रमणमा संलग्न मुख्य अभियुक्त मानिएका व्यक्तिले सबै आरोप अस्वीकार गरेका छन् ।

५१ जनाको ज्यान जाने गरी भएको आक्रमणमा मुख्य अभियुक्त मानिएका ब्रेन्टन टरेन्ट नाम गरेका अस्ट्रेलियन नागरिकले आफूमाथि लागेका सबै आरोप अस्वीकार गरेका हुन् । क्राइस्ट चर्च उच्च अदालतमा भएको सुनुवाइका क्रममा उनले आफूमाथि लागेका सबै ९२ आरोप अस्वीकार गरेका हुन् ।

२८ वर्षका ब्रेन्टन अडियोभिजुअल लिंकमार्फत अदालतको सुनुवाइमा उपस्थित भएका थिए । उनीमाथि ५१ वटा हत्या आरोपसम्बन्धी, ४० वटा हत्या प्रयाससम्बन्धी र एउटा आतंककारी गतिविधिसम्बन्धी आरोपमा मुद्दा दर्ता भएको छ ।

ब्रेन्टनका वकिल सन टाइटले आफ्ना क्लाइन्ट दोषी नरहेको दाबी पेश गरेका छन् । भिडियो लिंकमार्फत अक्ल्याण्डमा रहेको जेलबाट जोडिएका ब्रेन्टन मुस्कुराइरहेका देखिन्थे । न्यायाधीशले आगामी वर्षको मे ४ का लागि ट्रायलको मिति तोकेका छन् ।

आगामी अगस्ट १६ मा आरोपी पक्षको दाबीका बारेमा सुनुवाइ हुनेछ । (एजेन्सी)