 
	    काठमाडौं, साउन २६ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भूमिकाका कारण न्यायसम्पादन सन्तोषजनक हुन नसकेको जनाएको छ ।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशले न्यायसम्पादनमा व्यावहारिक भूमिका निर्वाह गर्न नसकेको बताउनुभयो
उहाँले २०७५ सालमा बहाली हुँदा न्यायपालिकाभित्रको विकृति–विसंगति हटाउन नेतृत्व गर्ने भनेको भएपनि अहिले व्यवहारमा त्यस्तो नदेखिएको उल्लेख गर्नुभयो ।
बारले एक महिनाभित्रै विद्युतीय स्वचालित प्रणालीमार्फते पेसी तोक्ने व्यवस्था गर्न, न्यायाधीश नियुक्तिको सम्बन्धमा न्याय परिषद् ऐन २०७३ को दफा ४ को व्यवस्था कार्यान्वयन गर्न र बारले सुझाव दिएअनुसार एक बराबर तीनको रोष्टर बनाइ सार्वजनिक गर्न माग गरेको छ ।
न्याय क्षेत्रका विकृति–विसंगति, बिचौलिया र भ्रष्टाचार नियन्त्रण गर्न बारको प्रतिनिधि सम्मिलित विशेष संयन्त्र गठन गर्नसमेत बारले माग गरेको छ ।
यस्तै, वरिष्ठ अधिवक्ताको उपाधि आफूखुसी वितरण नगर्नसमेत माग गरेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्