२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भारतको राजस्थानमा बस्दै आएका पाकिस्तानी हिन्दु परिवारका ११ जनाको शंकास्पद मृत्यु


0
Shares

काठमाडौं । भारतको राजस्थानमा बस्दै आएको एउटा पाकिस्तानी परिवारका ११ सदस्यको शव फेला परेको छ ।

राजस्थानको जोधपुर जिल्लाको एउटा गाउँमा किसानी गर्दै आएको पाकिस्तानी आप्रवासी परिवारका ११ जनाको शव खेतमा भेटिएको हो ।

परिवारका ३५ वर्षिय एक सदस्य केबल राम मात्रै जिवित रहेका छन् । उनी घरभन्दा केही पर रात बिताउन गएकोले बाँच्न सफल भएको बताईएको छ ।

प्रहरीले पारिवारिक कलहको कारण घटना भएको हुनसक्ने बताएको छ । घटनाबारे छिमेकीहरुले पनि केही थाहा नपाएकोले विष सेवन गरेको वा गराएको हुनसक्ने प्रहरीको अनुमान छ ।

भिल समुदायको उक्त परिवार ५ वर्षअघि पाकिस्तानको सिन्ध प्रान्तबाट भारतको राजस्थान आएको थियो ।

हिन्दु भएका कारण पाकिस्तानमा बस्न कठिन भएको भन्दै उनीहरुले भारतमा स्थायी बसोवासका लागि आवेदन दिएका थिए ।

राजस्थानका स्थानीयहरुको जमिन भाडामा लिएर उनीहरुले खेती किसानी गर्दै आएका थिए । एजेन्सी