Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


विप्लव समूहद्वारा आफ्नै नेतालाई कारवाही: घट्टेखोलामा लगेर निर्घात कुटपिट


0
Shares

ललितपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा ललितपुरले आफ्नै जिल्ला सदस्यलाई जनकारबाही गरी निर्घात कुटपिट गरेका छन् ।

जिल्ला सदस्य ‘जमिन’लाई पार्टीले गएको विहीबार बेलुकी कारवाही गरेको हो ।

पछिल्लो समय मादक पदार्थ सेवन गरी पार्टीको अनुशासनविपरीत हिंडेको भन्दै पार्टीका केही कार्यकर्ताले निर्घातरुपमा कुटपिट गरेको स्रोतले जनाएको छ । यसबाहेक कारबाही गर्नुको कुनै कारण खुलाएको छैन ।

काभ्रे जिल्ला बेथान गाउँपालिका–१ का जमिनलाई घरनजिकै ललितपुरको महांकाल गाउँपालिका–५ स्थित घट्टेखोलामा लगेर कुटपिट गरेको स्रोतको दाबी छ । नेपाल समाचारपत्र दैनिकबाट