Logo २ कार्तिक २०८३, सोमबार | Mon Oct 19 2026


जुम्लामा बम विस्फोट, १४ वर्षीय बालक गम्भीर घाइते


988
Shares

सुर्खेत ।

जुम्लाको हिमा गाउँपालिका–ओदीमा युद्धकालीन बम विस्फोट हुँदा दुई जना घाइते भएका छन्।

विस्फोटमा घाइतेमध्ये १४ वर्षीय बालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए। अर्का घाइतेको अवस्था सामान्य छ।

गम्भीर घाइते बालकलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी भइरहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Skip This