Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


सुतिरहेकै ठाउँमा हातीले आक्रमण गर्दा पुरुषको मृत्यु


0
Shares

झापा । जंगली हात्तीको आक्रमणमा परी झापामा एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले कमल गाउँपालिका ५ का ६० वर्षीय रोहित रेग्मीको हात्तीको आक्रमणमा परी मृत्यु भएको जनाएको छ ।

चुलाचुलीस्थित जंगलबाट निस्किएको तीन वटा हात्ती गाउँ पसेको र रेग्मीलाई सुतेकै ठाउँमा गए राति आक्रमण गरेको प्रहरीले जनाएको छ । हात्तीको आक्रमणपछि स्थानीय त्रसित भएका छन् ।