Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


चितुवाको आक्रमणमा परी डेढ वर्षीय बालकको मृत्यु


0
Shares

तनहुँ । चितुवाको आक्रमणमा परी तनहुँमा डेढ वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–२ मसारका विष्णुकुमार रानाका छोरा नारायण राना रहेका छन् ।

गएराति घरमै बसिरहेका बेला चितुवाले आक्रमण गर्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पछिल्लो समय तनहुँमा चितुवा आतंक बढ्दै गएको छ ।