Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


लोडरको बकेटले लाग्दा ३५ वर्षीय युवकको मृत्यु


0
Shares

पोखरा, साउन २१ । पोखरामा बुधबार लोडरको बकेटले लाग्दा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्र्याक्टर चालक गोरखा घर भई हाल पोखरा–२७ अर्घौचोक बस्ने ३५ वर्षीय दीपेन्द्र गुरुङ रहेको प्रहरीले जनाएको छ ।

वडा नं २९ स्थित सैनिक घाटमा बालुवा निकाल्ने क्रममा ग१त ६२०९ नम्बरको ट्याक्टर पानीमा पस्न गई सोही ठाउँमा अवस्थित एक क्रसर उद्योगको ग१क ३८९४ नम्बरको लोडरले बाहिर निकाल्न खोज्दा अचानक ट्र्याक्टर चालक गुरुङलाई लोडरको बकेटले ठक्कर दिएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।

ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि चरक अस्पताल ल्याइएकामा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको बताइन्छ।

प्रहरीले ट्र्याक्टर, लोडर र लोडर चालकलाई नियन्त्रणमा लिएको तथा घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ । रासस

Skip This