Logo २७ माघ २०८२, मंगलबार | Wed Feb 11 2026


ट्रक दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु


0
Shares

मनिला, जेठ २६ । फिलिपिन्समा भएको ट्रक दुर्घटनामा परी दुई बालबालिका सहित कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

विवाहपूर्वको एउटा सांस्कृतिक कार्यक्रममा सहभागी हुन गइरहेका बेला भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।   

दुर्घटनामा परेको ट्रकमा ५३ जना सवार थिए ।

पहाडी बाटोमा नियन्त्रण गुमाएर सो दुर्घटना भएको हो । 

कामारिन्स सुर प्रान्तमा शनिबार भएको उक्त दुर्घटनामा अरु दर्जनौं घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका बालबालिका ४ र ५ बर्षका रहेका छन् ।

दुर्घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । (रासस/एएफपी)