
रौतहट । स्वास्थ्य सेवा तथा उद्दार समिति हेस्रा नेपालले चार सय अनाथ बालबालिकालाइ खाद्यान्न लत्ताकपडाका साथै आर्थिक सहयोग उपलब्ध गराएको छ ।
शनिबार बिभिन्न कार्यक्रमगरी संस्थाले अभिभावक गुमाएका अनाथ बालबालिकालाई खाद्यन्न र लत्ता कपडा वितरण गरेको हो ।
त्यसैगरी संस्थाले अभिावक गुमाएका सबै बालबालिकालाई कक्षा १० सम्म निःशुल्क पढाई दिने भएको छ ।
बेसहारा बालबालिकाका लागि स्वास्थ्य परिक्षण गरी आवश्यक औषधि उपचारको व्यवस्था मिलाएको हेस्रा नेपालका कार्यकारी निर्देशक जीया खानले बताउनुभयो ।
कोरोना भाइरसका कारण समस्यामा परेका बालबालिकालाई शिक्षाबाट बन्चित हुन नपरोस भन्ने उदेश्यले संस्थाले बालबालिकाको लागि नगद पाँच हजारसहित पौष्टिक आहारासमेत वितरण गरेको छ ।
कोरोनाको संक्रमणको कारण बालबालिकालाई नकरात्मक मानसिक असर पर्न सक्ने भन्दै संस्थाले गाउँगाउँमा सामाजिक उत्तरदायित्व, नेतृत्व विकास लगायतका सचेतना र बाल बिकासका कार्यक्रम संचालन गर्दे आएको छ ।
प्रतिक्रिया दिनुहोस्