२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


भारतसँग वार्ता गर्न पाकिस्तानी प्रधानमन्त्री खानले लेखे मोदीलाई पत्र


0
Shares

काठमाडौं । पाकिस्तानले कस्मिरलगायतका विवादित विषयमा वार्ता गर्न भारतसमक्ष प्रस्ताव गरेको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पत्र लेख्दै वार्ताको प्रस्ताव गरेका हुन् ।

खानले मोदीलाई पठाएको पत्रमा कस्मीर मुद्दालगायतका सबै समस्या समाधानका लागि वार्ता गर्न चाहेको उल्लेख छ ।

मोदीलाई दोस्रो कार्यकालका लागि बधाई दिँदै पाकिस्तानी प्रधानमन्त्री खानले दुई देशबीचको वार्ता नै दुवै देशका जनतालाई गरिबीबाट मुक्त पार्ने एकमात्र उपाय भएको बताएका छन् ।

यसका लागि क्षेत्रीय विकासका लागि मिलेर काम गर्नु आवश्यक रहेको उहाँको भनाइ छ ।

मोदी भारतमा पुनः प्रधानमन्त्री भएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुवै देशका नागरिकको हितका लागि वार्ताको आकांक्षा राखेको यो दोस्रो पटक हो ।

यद्यपि भारतले अहिलेसम्म इमरान खानको पत्रको जवाफ दिएको छैन ।