Logo २७ माघ २०८२, मंगलबार | Wed Feb 11 2026


बेलायती प्रधानमन्त्री थेरेसा मे पार्टीको नेताबाट बाहिरिन


0
Shares

काठमाडौं । बेलायती प्रधानमन्त्री थेरेसा मे आजबाट कन्जर्भे्टिभ पार्टीको नेताबाट औपचारिक रुपमा बाहिरिएकी छन् ।

युरोपियन युनियनबाट बेलायत बाहिरिने ब्रेक्जिटका विषयमा मे ले संसदमा पेश गरेका सबै प्रस्तावहरु असफल भएपछि उनले दुई साता अघि प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेकी थिइन ।

कन्जर्भे्टिभको नेताबाट हटेपछि पार्टीमा मे को उत्तराधिकमरी खोज्ने बाटो खुलेको छ ।

पार्टीले नेताका रुपमा अर्को प्रधानमन्त्री छनौट नगरेसम्म मेले नै प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने बताईएको छ ।

मेले अघि सारेका योजनाहरुको उनकै पार्टीका नेताहरुले विरोध गरेपछि उनलाई पद त्याग गर्न दबाब बढेको थियो ।

मे कन्जर्भे्टिभ नेताबाट हटेपछि नयाँ प्रधानमन्त्री चयनका लागि पार्टी भित्र नेताहरु छलफलमा जुटिरहेका छन् । (एजेन्सी)