Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


पशुपति मन्दिर दोस्रो सोमबार पनि नखुल्ने


0
Shares

काठमाडौं, साउन ११ । साउनको दोस्रो सोमबार भोलि पनि पशुपतिनाथको मूल मन्दिर नखुल्ने भएको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत चैत ११ गतेदेखि लकडाउन लागू भएपछि देशका मुख्यमुख्य मन्दिर, शैक्षिक संस्थालगायत धेरै भीड हुने कार्यालय अझैसम्म पनि बन्द छन् ।

अन्य क्षेत्रको लकडाउन खुला गरिए पनि सरकारले पछिल्लो पटक गरेको निर्णयमा मन्दिर, शैक्षिक संस्थालगायत नखोल्ने नै नीति लिएकाले मन्दिर नखोलिने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिनुभयो ।

साउनको पहिलो सोमबार हजारौँ भक्तजनले पशुपति क्षेत्रका विभिन्न शिवालयमा पूजा आराधना गरेका थिए ।

मूल मन्दिरमा साउन महिनामा पनि दर्शन गर्न नपाइएको भन्दै भक्तजनले गुनासो गरेका थिए ।