दैलेख । दुम्सी मार्न दुलो(प्वाँल)मा पसेका एकजनाको च्यापिएर मृत्यु भएको छ ।
दैलेखको नारायण नगरपालिका विन्ध्यवासिनीका ३२ वर्षीय रेशमबहादुर विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्चार्ज प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिनुभयो ।
विन्ध्यवासिनीको जुफिया चौवारी भन्ने ठाउँमा दुम्सी लुक्ने दुलोभित्र पसेको बेला पुरिएर उन्को मृत्यु भएको हो । मृतक रेशमबहादुर विष्ट शिक्षक हुन् ।









प्रतिक्रिया दिनुहोस्