१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


कोरोनाका कारण विराटनगर भन्सारको राजस्व प्रभावित


0
Shares

विराटनगर, साउन ७ । कोरोना (कोभिड १९) महामारी र लकडाउनबाट विराटनगर भन्सार कार्यालयको राजस्व प्रभावित भएको छ ।

कोरोनाका कारण आयात निर्यात प्रभावित बनेपछि भन्सारको राजस्व संकलनमा पनि असर परेको हो ।

आर्थिक वर्ष २०७६/७७ मा निर्धारित लक्ष्यको ५७ दशमलव १३ प्रतिशत मात्रै राजस्व संकलन भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

गत आर्थिक बर्ष २८ अर्ब ३६ करोड मात्रै राजश्व संकलन भएको छ ।

गत बैशाखमा ३ अर्ब ९८ करोड भन्सार राजश्व संकलनको लक्ष्य राखिएकोमा १ अर्ब ६ करोड मात्र राजश्व संकलन भएको छ ।

त्यसैगरि, गत वर्ष फाल्गुनमा सर्वाधिक ७६ दशमलव ८४ प्रतिशत भन्सार राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षको सुरूवात देखि नै आयात घटेका कारण राजस्व संकलनमा दवाब परेपनि महामारीले थप असर पारेपछि विराटनगरको भन्सार राजव विगतका वर्षहरूमा भन्दा निक्कै कम संकलन भएको हो ।