Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


कर्णाली नदीमा युवतीको शव भेटियो


0
Shares

बर्दिया । बर्दियाको कर्णाली नदीमा तैरिरहेको अबस्थामा एक युवतीको शव फेला परेको छ । जिल्लाको गेरुवा गाउँपालिका वडा नम्बर –१ माधवपुर स्थित कर्णाली नदीको किनारमा युवतीको शव फेला परेको हो ।

अन्दाजी २२ वर्ष उमेर जस्तो देखिने, हरियो रङ्गको कुर्था र दुवै कानमा पँहेलो मुन्द्री लगाएको युवतीको शव फेला परेको ईलाका प्रहरी कार्यालय पाताभारका प्रहरी जवान खिम बहादुर चौधरीले जानकारी दिनुभयो ।