अर्घाखाँची । अर्घाखाँचीमा शनिबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
गोरूसिङगे सन्धिखर्क सडक खण्डको ठाडा दहननजिकै रिपाहा पाखामा बुटवलबाट सन्धिखर्क जाँदै गरेको बा १५ च २७०६ नम्बरको स्कारपियो जिप दुर्घटना भएको हो ।
दुर्घटनामा पाल्पाको रैनादेवी गाँउपालिका–८ का ३८ वर्षिय पाण्डप ठाहारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रकाश खत्रीले जानकारी दिनुभयो ।
गाडी चालक लिला तामाङ गम्भीर घाइते भएका छन् । घाइते तामाङको थप उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा रिफर गरिएको बताइएको छ ।
गाडी सडकबाट ५ सय मिटर तल खोलामा खसेको थियो ।









प्रतिक्रिया दिनुहोस्