२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


ट्रम्प बेलायतमा, विरोधकाबीच रातो कार्पेट बिछ्याएर स्वागत


0
Shares

लन्डन, जेठ २० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतको तीनदिने राजकीय भ्रमणका सिलसिलामा लन्डन आइपुगेका छन् ।

लन्डन ओर्लानासाथ राष्ट्रपति ट्रम्पले लन्डनका मेयर सदिक खानविरुद्ध घृणामिश्रित आलोचना गर्दै ट्वीटसमेत गरेका छन् ।

विरोधकाबीच राष्ट्रपति ट्रम्पलाई बेलायत सरकारले रातो कार्पेट बिछ्याएर स्वागत गरेको छ ।

राष्ट्रपति ट्रम्प बेलायतकी महारानी एलिजाबेथ द्वितीयले आयोजना गर्ने राजकीय रात्रिभोजमा सहभागी हुनेछन् ।

राष्ट्रपति ट्रम्पले गरेको ट्वीटमा अमेरिकाको महत्वपूर्ण साझेदार मुलुक बेलायतको भ्रमण गर्दा आफूलाई लन्डनका मेयर सदिक खानले गरेको व्यवहार मूर्खतापूर्ण रहेको बताएका छन् ।

यी दुवै नेताबीच बेलाबखत एकार्काका नीतिमाथि ट्वीटरमार्फत् सार्वजनिकरुपमै आरोप–प्रत्यारोप हुने गरेको छ ।

ट्रम्पले भनेका छन्–‘खानले लन्डनकाबारेमा चिन्ता लिए पुग्छ, मेराबारेमा होइन ।’

खानले आइतबार एक अखबारमा लेख लेख्दै अमेरिकी राष्ट्रपति ट्रम्पलाई सन् १९३० र १९४० को दशकका युरोपेली अधिनायकवादी नेतासँग तुलना गरेका थिए ।

राष्ट्रपति ट्रम्पको भ्रमणकाक्रममा सोमबार र मंगलबार लन्डनमा दुईओटा विशाल प्रदर्शनका तयार भएका छन् । रासस/एएफपी