२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


झापामा सवारीसाधन जाँचमा कडाइ, १६ हजार बढी मोटरसाइकल कारवाहीमा परे


0
Shares

झापा । ट्राफिक प्रहरी कार्यालय झापाले सवारी परीक्षणमा कडाई गरेपछि झापामा सवारी दुर्घटनामा कमि आएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा झापामा सवारी दुर्घटना कम भएको र मृतकको संख्या समेत घटेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक प्रकाश जवेगूले जानकारी दिनुभयो ।

सवारीसाधन चेकजाँचमा कडाई गरेपनि गत आर्थिक वर्षको तुलनामा राजस्व संकलनमा भने वृद्धि भएको छ ।

जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने १६ हजार २ सय ५२ वटा मोटरसाइकल कारवाहीमा परेका छन् ।

मादक पदार्थ सेवन गरेर सवारी सञ्चालन गर्ने ३ हजार ४ सय २९ वटा सवारी कारवाहीमा परेका छन् ।