Logo २७ माघ २०८२, मंगलबार | Wed Feb 11 2026


चीनको तियानमेन स्क्वायरमा गोलीकाण्ड भएको ३० बर्ष पूरा


0
Shares

काठमाडौं । चीनको तियानमेन स्क्वायरमा गोलीकाण्ड भएको आज ३० बर्ष पूरा भएको छ ।

सोही दिनको सम्झनामा आज चीनका लाखौं जनता राजधानी बेइजिङमा भेला भएका छन् ।

सन् १९८९ मा चीनका बिद्यार्थी र मजदुरहरुको जमातले प्रजातन्त्रको माग गर्दै विशाल विरोध प्रदर्शन गरी राजधानी बेइजिङको तियानमेन स्क्वायर कब्जा गरेको थियो ।

६ सातासम्म चलेको १० लाख जनता सहभागी उक्त आन्दोलन दबाउन चीन सरकारले बल प्रयोग गर्दा एक हजार भन्दा बढीको मृत्यु भएको थियो ।

यता चीन सरकारले सोही दिनदेखि चीनका जनतालाई यस आन्दोलन र दमन गरिएको बारे छलफल गर्न समेत रोक लगाएको छ ।

यसैबीच चीनका रक्षामन्त्री बेइ फेन्गेले तात्कालीन चीन सरकारले सो आन्दोलन दबाउन चालिएको कदम ठीक भएको प्रतिक्रिया दिएका छन् ।

सिंगापुरको भ्रमणमा रहनुभएका फेन्गे क्षेत्रीय मञ्चको बैठकमा सहभागी हुने क्रममा एक दर्शकले चीनले उक्त नरसंहारको किन सम्बोधन नगरेको भन्दै प्रश्न गरेपछी फेन्गेले सो समयमा चीनले लिएको निती ठीक भएको जवाफ दिएका थिए ।

चीनको इतिहासमा प्रजातन्त्रको समर्थनमा भएको त्यो नै सबैभन्दा ठूलो राजनीतिक घटना मानिन्छ ।(एजेन्सी)