काठमाडौं, साउन १ । दोस्रो नेपाली सैनिक आचारसंहिता सप्ताह २०७७ नेपाली सेनामा सुरु भएको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले एक साताका लागि सप्ताह सञ्चालन सुरु गर्नुभएको हो ।
प्रधानसेनापति थापाले सैनिक संगठनभित्र सैनिक आचरण, नैतिकता तथा मूल्यमान्यता थप मजबुत बनाई विशिष्ट सैनिक चरित्र निर्माण गर्न आचारसंहिता सप्ताह सुरु गरेको बताउनुभयो ।
संगठन सुधारका लागि कार्यरत सबै तहमा सैनिक मूल्य मान्यता, देशभक्ति, निस्वार्थ सेवाभाव, अनुशासन र सैनिक आचरण व्यवहारिक रुपमा उच्चस्तरको आचारसंहिता सैनिक व्यक्तिका लागि बहालमा रहँदा र अवकाशपछि पनि पालना गर्नुपर्ने जीवनोपयोगी मार्गदर्शन उहाँले बताउनुभयो ।
नेपाली सेनाले २०७६ सालमा पनि वैशाख ६ गतेदेखि १३ गतेसम्म पहिलो पटक नेपाली सैनिक आचारसंहिता सप्ताह कार्यक्रम आयोजना गरेको जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्