काठमाडौं । नेपालमा विद्युतीय सवारीप्रतिको आकर्षण बढ्दै जाँदा वुलिङले आफ्ना ईभी मोडलमा दीर्घकालीन वारेन्टीसहित बजार विस्तारलाई निरन्तरता दिएको छ।
विश्वप्रसिद्ध अटोमोबाइल ब्रान्ड वुलिङले नेपाली बजारमा एयर ईभी, मिनी ईभी र डारियन गरी तीन प्रकारका विद्युतीय सवारी ल्याएकाे छ ।
प्यारामाउन्ट मोटर्स प्रालिमार्फत बिक्री हुँदै आएका यी सवारीसाधन फरक–फरक ग्राहकको आवश्यकता र जीवनशैलीलाई लक्षित गरी ल्याइएको कम्पनीले जनाएको छ।
वुलिङ एयर ईभीमा ५३० किलोमिटरसम्म, मिनी ईभीमा ३०१ किलोमिटरसम्म र डारियनमा ५४० किलोमिटरसम्मको रेन्ज रहेको कम्पनीको दाबी छ।
कम्पनीले आफ्ना विद्युतीय सवारीसाधनको ट्र्याक्सन मोटर र उच्च भोल्टेज ब्याट्रीमा आठ वर्ष वा एक लाख ५० हजार किलोमिटरमध्ये जुन पहिले पुग्छ, त्यही अवधिसम्मको वारेन्टी सुविधा उपलब्ध गराएको छ।
विभिन्न आवश्यकता र प्रयोगलाई ध्यानमा राख्दै विद्युतीय सवारीको विकल्प विस्तार गर्ने लक्ष्यसहित वुलिङले नेपाली बजारमा आफ्नो उपस्थिति बढाउँदै आएको छ।










प्रतिक्रिया दिनुहोस्