२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


भर्‍याङबाट लडेर बालकको मृत्यु


0
Shares

सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका–५, धनगढामा भर्‍याङबाट लडेर एक बालकको मृत्यु भएको छ ।

स्थानीय शिवनारायण रायका सात वर्षीय छोरा नवलकिशोर रायको आफ्नै दुई तले काठको घरको भर्‍याङबाट लडेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

भर्‍याङबाट तल झर्ने क्रममा खुट्टा चिप्लिएर लडेका बालकको घटनास्थलमै मृत्यु भएको हो ।