Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको प्रतिवेदन पेश


0
Shares

काठमाडौं, असार ३१ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षक टंकमणि शर्मा दंगालले राष्ट्रपति भवन, शीतल निवासमा बुधबार आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ को उपधारा ९१० बमोजिम आर्थिक वर्ष २०७५।०७६ को महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीले सुशासन कायम गर्न, पारदर्शिता अपनाउन र फजुल खर्च नियन्त्रण गरी विकासनिर्माणका कार्य समयमा नै सम्पन्न गराउन महालेखापरीक्षकबाट हुने लेखा परीक्षणको ठूलो महत्व राख्ने बताउनुभयो ।

आर्थिक अनुशासन कायम गरी समग्र आर्थिक विकासका कार्य सम्पादन गरेमा नै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय सङ्कल्प पूरा गर्न मद्दत पुग्ने बताउँदै राष्ट्रपति भण्डारीले आफ्नो गहन संवैधानिक दायित्व निर्वाह गर्न महालेखा परीक्षकको कार्यालय सफल हुने विश्वास व्यक्त गर्नुभयो । रासस