Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


कालिगण्डकी नदीमा बेपत्ता भएका टिप्पर चालक पुनको शव भेटियो


0
Shares

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ गुईठे नजिकैको भिरबाट कालिगण्डकी नदीमा खसेर बेपत्ता भएका टिप्पर चालक ज्ञानबहादुर पुनको शव आज फेला परेको छ ।

गिट्टी बोकेर गुइठेदेखि घरतर्फ जाँदै गर्दा बा २ ख ३४२५ नम्बरको टिप्पर कालीगण्डकीमा खस्दा उनी बेपत्ता भएका थिए ।

उनकोे शव आज अन्न्नपूर्ण गाउँपालिका–६ रातोपानीमा फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

पुनलाई भुरुङ्ग तातोपानी प्रहरी चौकीको टोली र स्थानीयले निकालेका हुन् ।