Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


सुदूरपश्चिम सरकारले एम्बुलेन्स खरिद प्रकरणमा अनियमितता गरेको ठहर


0
Shares

कैलाली, असार १६ । सुदूरपश्चिम प्रदेश सरकारले एम्बुलेन्स खरिद प्रकरणमा अनियमितता गरेको ठहर भएको छ ।

सुदूरपश्चिम प्रदेशसभाको सार्वजनिक लेखा समिति अन्तर्गतको छानविन उपसमितिले एम्बुलेन्स खरिदमा अनियमितता भएको ठहर गरेको हो ।

समितिले तयार पारेको प्रतिवेदनमा सामजिक विकास मन्त्रालयले एम्बुलेन्स खरिद प्रक्रियामा गम्भीर त्रुटी गरेको उल्लेख छ ।

६ करोड २५ लाख १२ हजार रुपैयाँमा सम्झौता गरेर पेस्की सहित ११ करोड २५ लाख भुक्तानी दिएको, मुल्य अभिवृद्धि कट्टी गरेको, १६ वटा एम्बुलेन्स खरिदमा प्रतिस्पर्धा नगराएको, टाटाका सवारी साधनलाई नियतवस जडान गरेर एम्बुलेन्स बनाएको, लागत अनुमान परिवर्तन गर्दा पुनः निर्णय नगरिएको छानविन उपसमितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

छानविन उपसिमितिले प्रतिवेदनमाथि छलफल थालिएको सार्वजनिक लेखा समितिकी सभापति नन्दाकुमारी बमले जानकारी दिनुभयो ।