
काठमाडौं, असार १६ । मंगलबार सेयर बजारमा उछाल आयो ।
दुई पटक पजेटिभ सर्किट लाग्यो ।
कारोबार सुरु भएदेखि निरन्तर उकालो लागेर सवा एक घण्टामै सर्किट ब्रेक लाग्यो ।
पहिलो पटक सवा १२ बजे नै नेप्से ५ प्रतिशत बढेसँगै ४० मिनेटलाई कारोबार रोकिएको थियो ।
त्यस पछि पनि खुलेको बजार उच्च वृद्धि हुँदै नेप्से वृद्धिदर ६ प्रतिशत पुगेसँगै एकै बजे पूरै दिनका लागि कारोबार स्थगित भयो ।
सोमबार कारोबार खुलेसँगै निरन्तर झरेर सर्किट लागेको सेयर बजारमा आज उसैगरी बढेर सर्किट लाग्यो ।
थोरै समूह कारोबार भएका कारण कारोबार परिमाण भने अघिल्लो दिनको तुलनामा पनि खुम्चियो ।
होटल र सामुहिक लगानी कोष बाहेक अरु सबै समूह उकालो लागे ।
जीवन बिमा समूहमा ६ सय ३४ अंकको उच्च वृद्धि आयो ।
निर्जीवन बिमा समूह पनि २ सय ९६ अंकले बढ्यो ।
लघुवित्त समूह ७७ अंकले, वाणिज्य बैंक समूह ७३ अंकले उकालो लाग्यो ।
विकास बैंक र व्यापार समूहमा पनि ६५÷६५ अंकको वृद्धि आयो । जलविद्युत् समूहमा ४० अंकको सुधार आयो ।
अन्य समूह पनि २३ अंकले सुधांिरँदा वित्त समूह सामान्य अंकले सकारात्मक रह्यो ।
होटल समूह भने ४७ अंकले ओरालो लाग्यो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३४ कम्पनीको ४ लाख ९० हजार बराबर कित्ता सेयर जम्मा २३ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्