Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


स्पेनिस ‘कोपा डेल रे’ फुटबलको उपाधि भ्यालेन्सियाले जित्यो


0
Shares

काठमाडौं । स्पेनिस ‘कोपा डेल रे’ फुटबल प्रतियोगिताको उपाधि भ्यालेन्सियाले जितेको छ ।

गएराति भएको फाइनलमा बार्सिलोनालाई २–१ ले हराउँदै भ्यालेन्सियाले उपाधि उचालेको हो ।

सेभियामा भएको खेलमा भ्यालेन्सियालाई विजयी गराउन केभिन गामेईरो र रोड्रिगोले एक–एक गोल गरे ।

बार्साका लागि लियोनल मेस्सीले एक गोल फर्काए । पराजयसँगै सिजनको दोस्रो उपाधि जित्ने बार्सिलोनाको सपना अधुरै रह्यो ।

च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा लिभरपुलसँग पराजित हुँदै बाहिरिएको बार्सिलोनाले कोपा डेल रे को फाइनलमा भ्यालेन्सियासँग पराजित हुँदै अर्को पीडा भोग्नुपर्‍यो ।