Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


पोखरा स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक


0
Shares

पोखरा, जेठ ११ । टीभीएस अपाचे चौथो पोखरा स्पोर्ट्स अवार्ड २०७५ को मनोनयन सार्वजनिक भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गन्डकीले शनिबार पत्रकार सम्मेलन गरी विभिन्न ८ विधामध्ये वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधामा उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरेको हो ।

यस्तै, मञ्चले यसपटक लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङ खेलाडी चित्रबहादुर गुरुङलाई प्रदान गर्ने भएको छ ।

वर्ष खेलाडी पुरुषतर्फ अमृत थापा (स्क्वास), युकेश गुरुङ (पाराग्लाइडिङ) र रुपक नेपाली (फुल कन्ट्याक्ट कराँते) मनोनयनमा परेका छन् ।

वर्ष खेलाडी महिलातर्फ प्रीति बराल (सफ्ट टेनिस), श्रेया केसी (सुटिङ) र सुष्मी श्रेष्ठ (फुल कन्ट्याक्ट कराँते) छन् ।

वर्षको उदीयमान खेलाडीमा अर्जुन कुमाल (क्रिकेट), अनुष्का शेरचन (आर्चरी) र सुस्मिता थापामगर (आइटीएफ तेक्वान्दो) तथा उत्कृष्ट प्रशिक्षकमा दीपक गोदार (फुल कन्याक्ट कराँते), भीमसेन शाक्य (ह्यान्डबल)र राजेन्द्र पाठक (हक्की) मनोनयनमा परेका छन् ।

वर्ष खेलाडी पुरुषलाई एउटा टीभीएस अपाचे मोटरसाइकल, वर्ष महिलालाई एउटा वीगो स्कुटरसहित अवार्ड दिइनेछ ।

उदीयमान खेलाडी, वर्ष प्रशिक्षक, चर्चित खेलाडीलाई जनही २५ हजार र उत्कृष्ट खेल संघलाई १५ हजार प्रदान गरिने जनाइएको छ ।