
Soccer Football - La Liga Santander - Celta Vigo v FC Barcelona - Balaidos, Vigo, Spain - June 27, 2020 Celta Vigo's Iago Aspas in action with Barcelona's Gerard Pique, as play resumes behind closed doors following the outbreak of the coronavirus disease (COVID-19) REUTERS/Miguel Vidal
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिड र बार्सिलोनाको टकराव जारी छ । गएरातीको खेलमा सेल्टा भिगोसँग बराबरी खेल्दै बार्सिलोनाले शिर्ष स्थानको रियाल मड्रिडलाई उछिनेको हो ।
सेल्टा भिगोको मैदानमा गएराति भएको खेलमा बार्सिलोना २–२ गोलको बराबरीमा सकियो । बार्सिलोनाका लागि लुइस स्वारेजले दुई गोल गरे । सेल्टाका फेडोर स्मोलोभ र इयागो आसपसले एक एक गोल गर्दै कठिन खेलबाट टोलीलाई १ अंक दिलाए ।
सेल्टासँग बराबरीमा रोकिएपछि ३२ खेलबाट ६९ अंक जोडेको बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको रियाल मड्रिड ६८ अंकका साथ दोस्रो स्थानमा झरेको छ । रियालले आज इस्पानियोलसँग खेल्नेछ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्