
बुटवल, असार १३ । प्रदेश नम्बर–५ मा सरकारले सलह किरा प्रतिकिलो २० रुपैयाँमा किन्ने बताएको छ ।
सलह किरा जम्मा पार्ने जो–कोहीबाट प्रतिकिलो २० रुपैयाँको दरमा किन्ने निर्णय भएको प्रदेश–५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको हो ।
सलह किरा दिउँसोमा मात्रै हिँड्ने भन्दै रातिमा समात्न सकिने पनि सो मन्त्रालयले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार हावा उत्तरतर्फ गइरहेकोले सलह किरा पनि बुटवल हुँदै पाल्पा र गुल्मीसम्म पुग्नसक्ने अनुमान गरिएको मन्त्रालयले जनाएको छ ।
सलह किरा हावाको बहावसँगै आएको र अब पश्चिमतर्फ हावा लाग्ने भएकोले दाङ, बाँकेलगायतका जिल्लामा पुग्ने अनुमान गरिएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्