
–केदार कटुवाल/ईमेज
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले आर्थिक बर्ष २०७७/०७८ को नीति ,कार्यक्रम तथा बजेट सार्बजनिक गरेको छ ।
बेलटारको सिटिहलमा नगरपालिकाका प्रमुख खगेन्द्र राईको अध्यक्षता सम्पन्न चौथो नगरसभाले ६३ करोड ५५ लाख ४३ हजारको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
नीति तथा कार्यक्रम र बजेट सार्बजानिक गर्दै उपप्रमुख रीता कुमारी चौधरीले स्वास्थ्य, शिक्षा, आधुनिक कृषि प्रणाली, भौतिक पूर्वाधार, सामाजिक बिकास र रोजगारमुखी बजेट निर्माणमा जोड दिनुभएको छ ।
विश्व महामारिको रुपमा फैलिएको कोभिड–१९ बाट चौदण्डीबासीलाई सुरक्षित गर्दै एक कोरोना उपचार केन्द्र स्थापनामा जोड दिएकी छन् ।
नगरसभामा आर्थिक बिकासमा १ करोड ३६ लाख, सामाजिक बिकासमा ५ करोड १२ लाख, पूर्वाधार बिकासमा १३ करोड ४२ लाख ,वातावरण तथा बिपत ब्यवस्थापनमा १ करोड २० लाख, संस्थागत बिकास सेवा प्रवाह र सुसाशनमा २ करोड बिनियोजन गरेको उप प्रमुख चौधरीले बताउनुभयो ।
१० वटा वडा रहेको चौदण्डी नगरपालिकाले प्रत्येक वडामा भौतिक बिकासका लागि ५० लाखका दरले बिनियोजन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्