२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बाजुरामा जीप दुर्घटना,१४ जना घाइते


0
Shares

बाजुरा, असार १० । बूढीगंगा नगरपालिकाको फालासैन बजारमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

से १ ज १०१९ नंको जीप फालाशैन बजारबाट सेराबजार आउन लागेको समयमा दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि अछामको बयालपाटा अस्पतालमा सिफारिश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

अन्य सामान्य घाइते १२ जनाको स्थानीयस्तरमा उपचार भइरहेको जनाइएको छ । रासस