३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


नेविसंघ कार्यकर्ताको हर्कत, त्रिवि उपकुलपतिको जलाए कुर्सी


0
Shares

काठमाडौं, असार १० । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाको कुर्सी जलाएका छन् ।

बुधबार दिउँसो उपकुलपति कार्यालय पुगेको नेविसंघ विश्वविद्यालय इकाइको एक टोलीले बाँस्कोटाको कुर्सी सडकमा लगेर जलाएका हुन् ।

त्रिविका रजिस्टार पेशल दाहालका अनुसार नेविसंघको टोलीले त्रिविको उपकुलपति, रेक्टर र रजिस्टारको कार्यालयमा तालाबन्दी पनि गरेको छ ।

त्रिवि अन्तर्गतका विभिन्न संकायको डीन र क्याम्पस प्रमुख नियुक्ति गर्दा नेकपा समर्थकमात्र नियुक्त गरेको भन्दै विरोधमा रहेको नेविसंघ आईओएममा त्रिवि नेतृत्वले सम्पूर्ण मापदण्ड लत्याउँदै डा. दिव्या सिंहलाई डीन बनाएको भन्दै उग्र बनेको हो ।

तालाबन्दी गर्न गएकालाई दुव्र्यवहार गरेकाले विद्यार्थीले कुर्सी जलाएको नेविसंघ विश्वविद्यालय इकाइ अध्यक्ष हरि आचार्यको तर्क छ ।