Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


साउनको पहिलो साता मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी


0
Shares

काठमाडौं, असार १० । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा पारेको प्रभावको आधारमा मौद्रिक नीति ल्याउने तयारी गरेको छ ।

उद्योग व्यवसाय परेको प्रभावको विश्लेषण समेत समावेस गरेर मौद्रिक नीति ल्याउने तयारी गरेको राष्ट्र बैंकले जनाएको छ ।

कोरोनाका कारण रेमिट्यान्स, व्यापार तथा पर्यटन समेत प्रभावित भएका कारण विदेशी मुद्रा सञ्चिति हुन सकेको छैन ।

लामो समय लकडाउन भएका कारण उद्योग व्यवसाय समेत राम्रोसँग चल्न नसकेको अवस्थामा अवस्थामा उद्योग व्यवसायमा परेको प्रभाव अध्ययन गरी सोही प्रभावको आधारमा मौद्रिक नीति ल्याउने तयारी गरिरहेको नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बताउनुभयो ।

उहाँँले कोरोनाले असर गरेको अर्थतन्त्रमा फरक फरक किसिमका माग धेरै माग भएपनि तिनलाई व्यवस्थित किसिमले सम्बोधन गर्नेगरी मौद्रिक नीतिको तयारी गरेको जानकारी दिनुभयो ।

कोरोनाको समयमा पनि बचतको अवस्था भने राम्रो रहेको कारण तरलता प्रशस्त रहेको राष्ट्र बैंकले जनाएको छ । मौद्रिक नीतिमार्फत पुँजी बजारको माग सम्बोधनका साथै अनलाइन पेमेन्टलाई व्यविस्थत बनाउने तयारी राष्ट्र बैंकले गरेको गर्भनर अधिकारीले बताउनुभयो ।

यस्तै १० लाख भन्दा माथिको पनि पेमेन्ट अनलाइन खासगरी मोबाइल बैंकिङ मार्फत होस् भन्ने खालको माग रहेकाले यसलाई व्यवस्थित बनाउन राष्ट्र बैंकले अभ्यास गरिरहेको अधिकारीले बताउनुभयो ।

यस्तै कर्जा लिएर सेयर बजारमा लगानी गरेकाहरुको अवस्थाको अध्ययन गरी क्यापिटल मार्केटका लगानीकर्ताहलाई मौद्रिक नीतिमा पुँजी बजार क्षेत्रलाई सम्बोधन गर्ने गरि बजेट ल्याउने उहाँँले जानकारी दिनुभयो ।

राष्ट्र बैंकले साउनको पहिलो हप्ता मौद्रिक नीति जारी गर्ने तयारी गरेको छ ।