काठमाडौं, जेठ ९ । सडक बालबालिकाको ‘फुटबल फेस्टिभल’ शुक्रबारदेखि सुरु हुने भएको छ ।
आयोजक सेल्टर आश्रय नेपालले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी दोस्रो संस्करणको फेस्टिभल शुक्रबारदेखि सुरु हुने जनाएको हो ।
चारदिने फेस्टिभल मंगलबारसम्म चल्नेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) र एएफसीको सहयोगमा हुने फेस्टिभलमा सडक बालबालिकाको क्षेत्रमा काम गरिरहेका १६ टोलीको सहभागिता रहने सेल्टर आश्रय नेपालकी अध्यक्ष खुश्बु ओलीले जानकारी दिइन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने फेस्टिभलमा पुरुषतर्फ १० र महिलातर्फ ६ टोलीको सहभागिता रहनेछ ।
सहभागी दुवै टोलीलाई दुई समूहमा विभाजन गरेर ‘लिग कम नकआउट’का आधारमा प्रतिस्पर्धा गराइनेछ । खेल ३० मिनेटको हुनेछ ।
महिलातर्फ सेल्फ हेल्प नेपाल, थ्री एन्जल्स पोखरा, नेपाल चिल्ड्रेन अर्गनाइजेसन, आशा बालगृह चितवन, लाइटहाउस फाउन्डेसन र सांग्रिला नेपालले सहभागिता जनाउनेछन् ।
यस्तै, पुरुषतर्फ सेल्टर आश्रय, सेल्फ हेल्प नेपाल, थ्री एन्जल्स पोखरा, नेपाल चिल्ड्रेन अर्गनाइजेसन, आशा बालगृह चितवन, लाइटहाउस फाउन्डेसन, साथी चिल्ड्रेन, पुलिस पब्लिक क्याम्पेन, खुसी नेपाल र सांग्रिला नेपाल रहेका छन् ।
फेस्टिभलको विजेता पुरुष र महिला टोलीले मलेसियाको भ्रमण गर्नेछन् । जहाँ मलेसियाको यु–१७ टोलीसित मैत्रीपूर्ण खेल र अभ्यास खेलहरु खेल्नेछन् ।








प्रतिक्रिया दिनुहोस्