३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


साउदी अरबले यस वर्ष विदेशीलाई हजका लागि अनुमति नदिने


0
Shares

एजेन्सी, असार ९ । साउदी अरबले यस वर्षको हजमा विदेशी तीर्थयात्रीलाई प्रतिबन्ध लगाउने भएको छ । साउदी सरकारले आफ्नो देशका तीर्थयात्रीले मात्र भाग लिन पाउने निर्णय गरेको छ ।

कोरोना भाइरस संक्रमणको डरमा कारण यस वर्ष विश्वभरबाट आउने तीर्थयात्रीलाई मक्का मदिनामा बन्देज लगाइएको हो ।

साउदी सरकारले हजलाई प्रतिबन्ध नलगाइने तर देशभित्रका बाहेक अरुलाई अनुमति नदिने जनाएको हो । सीमित संख्यालाई मात्र प्रवेश दिइने साउदी सरकारले जनाएको हो ।

साऊदी अरब सरकारको हज मन्त्रालयले कोरोना भाइरस संक्रमणका कारण यस वर्ष सीमित हाजीलाई मात्र अनुमति दिने जनाएको हो । अनुमति साऊदी अरबका नागरिकले मात्र पाउने उसले जनाएको छ ।

तर अनुमति पाउनेले पनि सुरक्षाका सबै उपाय अपनाउनुपर्ने जनाइएको छ । बकरीदको समयमा हुने हज यस वर्ष आउँदो अगस्टको पहिलो साता हुँदैछ ।

प्रत्येक वर्ष हज गर्न २० लाखभन्दा बढी मुसलमान मक्का मदिना पुग्ने गर्दछन् ।