Logo २५ बैशाख २०८३, शुक्रबार | Sat May 9 2026


तीन पटकभन्दा बढी नियम मिचे सवारी लाइसेन्स खारेज


0
Shares

काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले ट्राफिक नियम तीन पटक भन्दा धेरै उल्लंघन गर्ने चालकको सवारी चालक अनुमतिपत्र(लाइसेन्स) रद्द गर्ने ब्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ ।

सवारी दुर्घटना चालककै लापरवाहीले हुने गरेको पाइएपछि यस्तो व्यवस्था गर्न सुझाव दिएको उपसमितिका संयोजक गणेश पहाडीले बताए ।

‘सवारी तथा यातायात व्यवस्था ऐन तथा नियमले निषेध गरेको कार्य ३ पटकभन्दा धेरै गरेमा सवारी चालकको अनुमति पत्र रद्द हुने व्यवस्था गर्न सुझाव दिएका छौं’, पहाडीले भने ।

यही सुझाव अनुसार कानुन बने व्यवस्था सार्वजनिक र निजी दुवै सवारीलाई लागू हुनेछ ।
ट्राफिक प्रहरीले मदिरा सेवन गरेर ५ पटकसम्म कारवाही परेमा लाइसेन्स खारेजका लागि यातायात ब्यवस्था कार्यालयमा लेखेर पठाउने गरेको छ । तर, प्रभावकारी हुन सकिरहेको छैन । कान्तिपुर दैनिकबाट