काठमाडौं, जेठ ८ । नेपाली महिला फुटबलकी ‘गोलमेसिन’ स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले भारतमा भएको हिरो भारतीय महिला लिग फुटबलमा सनसनीपूर्ण प्रदर्शन गरेकी छन् ।
तमिलनाडुको सेथु फुटबल क्लबबाट व्यावसायिक फुटबल खेलेकी साम्बाले लिगको फाइनलमा २ गोल गरेसँगै उपाधि दिलाएकी हुन् ।
बुधबार भएको फाइनलमा मणिपुर पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै सेथुले पहिलोपटक उपाधि जितेको हो ।
सेथुका लागि साम्बाले २ गोल गर्दा कप्तान इन्दूमथीले १ गोल गरिन् ।
सेथुमा नेपालकी मिडफिल्डर अनिता बस्नेत पनि सहभागी थिइन् ।
साम्बा नै ‘प्लेयर अफ दी फाइनल’ घोषित भइन् । उनी यो लिगमा तीन ह्याट्रिकसहित १५ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा रहिन् ।













प्रतिक्रिया दिनुहोस्