 
	    काठमाडौं, चैत ६ । आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज भारत र पाकिस्तान खेल्दैछन् ।
भारतको कोलकत्तास्थित इडन गार्डेनमा हुने बहुप्रतिक्षित खेल बेलुकी पौने आठ बजे सुरु हुनेछ ।
पहिलो खेलमा न्युजिल्याण्डसँग पराजित भएको भारतलाई सेमिफाइनल यात्रा तय गर्न पाकिस्तानलाई पराजित गर्नुपर्ने दबाव छ ।
यता पहिलो खेलमा बंगालादेशलाई हराएको पाकिस्तान आज भारतलाई हराउँदै सेमिफाइनल यात्रा बलियो बनाउने सोचमा छ ।
भारतबिरुद्ध खेलिएका विश्वकपका सबै खेल गुमाएको पाकिस्तानले कोलकत्तामा भने सधै जीत दर्ता गर्दै आएको छ ।
यसअघि भारतबिरुद्ध इडन गार्डेनमा खेलिएका चार एकदिवसीय खेलमा पाकिस्तान बिजयी भएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्