 
	    काठमाडौं, चैत १६ । पहिलो दक्षिण एसियाली महिला बास्केटबल प्रतियोगिता मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा जारी प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ ।
नेपालले मंगलबार बंगलादेशलाई ९२–२६ को फराकिलो अन्तरले पराजित गरेको हो । नेपालका लागि स्नेहा श्रेष्ठ एक्लैले २५ स्कोर गरिन् ।
प्रतियोगिताअन्तर्गत् पहिलो दिनको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १०६–३७ को फराकिलो अन्तरले पराजित गर्यो ।
नेपाल बास्केटबल संघको आयोजनामा जारी पाँचदिने प्रतियोगितामा दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता छ ।
दोस्रो दिन दिउँसो २ बजे भुटानले श्रीलंकासँग तथा अपराह्न साढे ४ बजे नेपालले माल्दिभ्ससँग खेल्ने कार्यक्रम छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्