Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


दिगो विकास लक्ष्य सन् २०१६–२०३० सार्वजनिक


0
Shares

काठमाडौं, चैत १८ । राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्यहरु सन् २०१६—२०३० सार्वजनिक गरेको छ ।

आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले विहीबार उक्त लक्ष्यका प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेका हुन् । आयोगले मूलभूतरुपमा १७ ओटा लक्ष्यहरु तय गरेको छ ।

यस दिगो विकास लक्ष्यको मुख्यध्येय सामाजिक, आर्थिक एवं वातावरणीय विषयहरुमा सन्तुलन कायम गर्ने रहेको आयोगले जनाएको छ ।

आयोगका उपाध्यक्ष खतिवडाले अरु देशले अपनाएको मोडल हुबहुरुपमा कार्यान्वयन गर्न खोज्दा सहश्राब्दी विकास लक्ष्य पूर्णरुपमा सफल हुन नसकेको बताए ।

दिगो विकासका लक्ष्य मौलिक एवं मुलुक सान्दर्भिक हुनुपर्नेमा उनको जोड छ ।

सबै ठाउँबाट सबैरुपका गरिबी, भोकमरी अन्त्य गर्ने, दिगो कृषिको प्रवद्र्धन गर्ने, स्वस्थ जीवन सुनिश्चित गर्ने, सबैका लागि समावेसी तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने, आजीवन सिकाइको अवसरहरुलाई प्रवद्र्धन गर्नेलगायतका विषय दिगो विकासका लक्ष्यमा परेका छन् ।